काठमाडौँ । कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा अन्तगर्त ‘वे टु लिस्टिङ’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।
क्यापिटलले ‘वे टु लिस्टिङ’ सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपुर्व गर्नुपर्ने वित्तिय तथा संगठनात्मक पुनर्संरचना लगायतका कार्यमा आवश्यक सम्पुर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउनेछ ।
साथै, क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बजार (नेप्से) मा सुचिकरण गराउने लगायतका सम्पुर्ण सेवाहरु प्रदान गर्नेछ ।
क्यापिटलको यस सेवाले वास्तविक क्षेत्रका कम्पनिहरुलाई धितोपत्र बजारमा भित्राउने धितोपत्र बोर्डको नितिलाई समेत सहयोग पुर्याउने छ । क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत निम्न कार्यहरु गर्नेछ :
- व्यवसायिक तथा वित्तिय योजनाको तयारी
- वित्तिय तथा संगठनात्मक पुनर्संरचना
- वित्तिय श्रोत जुटाउन सहयोग
- कम्पनि मुल्याङ्कन, तथा परीयोजना मुल्याङ्कन
- प्रबन्धपत्र तथा नियमावली संशोधन
- आन्तरिक नियन्त्रण प्रणालिको विकास तथा प्रभावकारिता मुल्याङ्कन
- ब्यवस्थापकिय परामर्श
- Due Diligence
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्