काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले उच्च अदालत बार एसोसिएसन, पाटनसँगको सहकार्यमा कानून व्यवसायीहरूका लागि लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आफ्नो इक्विटी पोर्टफोलियो कसरी व्यवस्थापन गर्न सकिन्छ र सेयर बजारबाट कसरी सम्पत्ति निर्माण गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको थियो ।
सो कार्यक्रममा कुमारी क्यापिटलका इन्भेष्टमेण्ट बैंकिङ बिभागबाट ममिन शाक्य, सौगात पन्त र विभव बस्यालले सेयर बजारमा किन लगानी गर्ने, सेयर बजारलाई असर गर्ने कारक तत्व के के हुन र आफ्नो लगानी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ५० भन्दा बढी वकिलहरु र उच्च अदालत बार एसोसिएसन, पाटनका वर्तमान कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वकिलहरुले सक्रिय रुपमा सहभागिता जनाउदै सेयर बजारमा लगानी सम्बन्धी आफ्ना सबै जिज्ञासा राखेका थिए । कार्यक्रम मिति २०७९ असोज ०७ गते, शुक्रबार, शंखमुलस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्