×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेको नेपाल भ्रमण सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेको नेपाल भ्रमण सम्पन्न

Artha Sarokar

२४ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले आफ्नो पाँच दिने नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गरेका छन् । जनरल पाण्डेले नेपाली सेनाको निमन्त्रणामा नेपालको भ्रमण गरेका हुन् । पाण्डेले मिति २०७९ भाद्र २२ गते पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको भ्रमण गरे । त्यहाँ उनले भारतीय सेनाका भूतपूर्व सैनिकलाई सम्बोधन गर्नुका साथै वीरता अवार्डका विजेतालाई सम्मान गरेका थिए ।

जनरल पाण्डेकी धर्मपत्नी श्रीमती अर्चना पाण्डेले पनि सो कार्यक्रममा उपस्थित वीर नारीलाई सम्मान गरिन् । जनरल पाण्डेले गोर्खा सैनिकको वीरता, साहस र समर्पणको मुक्तकण्ठले प्रशंसा गरेका थिए । सोही दिन बिहान उनले नेपाली सेनाको पोखरामा अवस्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गरी त्यहाँ रहेका कर्मचारीसँग अन्तरक्रिया गरेका थिए ।

सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसीएचएस) अन्तर्गतका पोलिक्लिनिकलाई तीनवटा एम्बुलेन्स (मोबाइल मेडिकल युनिट) हस्तान्तरण गरेका छन् । यी एम्बुलेन्सले नेपालमा रहेका तीन लाख भन्दा बढी भारतीय सेनाका भूतपूर्व सैनिक र उनीहरुका परिवारलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्याउनुका साथै दुर्गम क्षेत्रका बासिन्दाका लागि विशेष उपयोगी हुनेछ ।

जनरल पाण्डेलाई गत सोमबार नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरेकी थिइन् । नेपाली समकक्षी जनरल प्रभुराम शर्मा लगायत जनरल पाण्डेले नेपालका सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्री एवम् रक्षा मन्त्री शेर बहादुर देउवासँग पनि भेटवार्ता गरेका हुन् ।

नेपाल बसाईका दौरान उनले नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीलाई सम्बोधन गरे । दुई देशबीचको द्विपक्षीय सहकार्य अनुरुप, जनरल पाण्डेले नेपाली सेनालाई साइमुलेटर र हलुका सवारी साधन लगायतका तालिम उपकरण प्रदान गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी