Skip to content
LAXMI SUNRISE BANK

नाडा इभि एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको नाडा इभि एक्सपो २०२२को तयारी तिब्रगतिमा अगाडी बढीरहेको छ । चार पाँग्रे, तिन पाँग्रे दुई पाँग्रे विद्युतिय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ ।

सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरु समेतगरी कूल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएको छ । काठमाडौँको भृकुटी मण्डपमा मिति २०७९ असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने नाडा इभि एक्सपो २०२२ मा सहभागी हुने कम्पनीहरुको लागि लक्की ड्र कार्यक्रम आज शुक्रबार टेकु स्थित आफनै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिएका हुन् ।

उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष धुर्ब थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेतको उपस्थिति रहेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK