Skip to content
LAXMI SUNRISE BANK

‘नाडा ईभी एक्सपो २०२२’ को टिकटिङ पार्टनर खल्तीले २५% क्यास्ब्याक दिने

अर्थ सरोकार

काठमाडौँ । ‘खल्ती’ ले यसपालिको ‘नाडा ईभी एक्सपो २०२२’ सँग एकमात्र टिकटिङ पार्टनरका रुपमा साझेदारी गरेको छ । यस साझेदारीपश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा ईभी एक्सपो २०२२’ को टिकट खल्तीमार्फत खरिद गरी एक्स्पोमा सहभागी हुन सक्नेछन् ।

असोज ६ गतेदेखि असोज ९ गतेसम्म हुन गइरहेको यस एक्स्पोमा विद्यार्थीले रु. १५० र अरुले रु. २०० भुक्तानी गर्नुपर्ने टिकट शुल्कमा खल्तीमार्फत टिकट काट्दा २५ प्रतिशत क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्।विद्युतीय सवारीसाधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न आयोजना गरिन लागेको यस एक्स्पोमा विभिन्न कम्पनीले आफ्नो प्रोडक्ट प्रदर्शन गरी आफ्नो सेवा र स्किमहरुका बारेमा पनि जानकारी गराउने कम्पनीले जनाएको छ ।

यस एक्स्पोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लक रहने छन्। एक्स्पोमा ९ वटा ब्राण्डका चारपांग्रे, एउटा ब्रान्डको तीनपांग्रे, १६ वटा ब्रान्डका दुईपांग्रे, ३ वटा ब्रान्डका टायर, २ वटा ब्रान्डका ब्याटरी, ९ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरुको सहभागिता रहेको छ ।

एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्रीपछिको सेवा एवं इन्स्योरेन्सका छुट्टाछुट्टै स्टल पनि रहनेछन् । थुप्रै स्टलमध्ये खल्तीको पनि एक स्टल रहनेछ । जहाँ सहभागीले खल्तीको विभिन्न अफरहरुका बारे सम्पूर्ण जानकारी प्राप्त गर्नेछन् र खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्नेछन् ।

यसबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामी नाडा ईभी एक्सपो २०२२ सँग एकमात्र टिकटिङ पार्टनरका रूपमा सहकार्य गरेर आफ्ना ग्राहकलाई टिकटिङको सुविधा प्रदान गर्न पाउँदा निकै खुसी छौँ। हाम्रो टिकट सुविधाले प्रदर्शनीस्थलमा भीडभाड कम गरी आगन्तुकको भ्रमणलाई सहज बनाउने र प्रदर्शनीलाई अझै सहज बनाउने कुरामा हामी विश्वस्त छौँ । यसका साथै डिजिटल टिकटिङलाई प्रोत्साहन गर्नका लागि २५५ क्यास्ब्याक पनि प्रदान गरेका छौँ।’

खल्ती मार्फत प्रयोगकर्ताले बिलहरु भुक्तानी, मोबाइल र टीभी रिचार्ज, उडान र चलचित्र टिकट बुकिङ, बीमा प्रिमियम, अनलाइन सपिङ साइटहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र अन्य धेरै सेवाको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यसका साथै खल्तीले प्रदान गर्ने भुक्तानी सेवाहरुले पनि धेरै साना तथा ठूला व्यवसायलाई आफ्नो बिक्री अनलाइन स्थानान्तरण गर्न प्रोत्साहित गरेको कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK