×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालद्वारा ‘नाडा इभि चौतारी’ को आयोजना हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालद्वारा ‘नाडा इभि चौतारी’ को आयोजना हुँदै

Artha Sarokar

५ आश्विन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली अटोमोवाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल’ को आयोजनामा नेपालमा नै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु-ह्विलर ‘नाडा इभि एक्स्पो’ यहि आश्विन ६ गते देखि ९ गते सम्म भृकुटी मण्डप, प्रदशनी हलमा आयोजना हुन भएको छ ।

उक्त ‘नाडा इभि एक्स्पो’ चलिरहेको समयमा नै आश्विन ७ गते देखि ९ गते सम्म प्रत्येक दिन दिउसो २ बजे देखि ४ बजे सम्म USAID को सहकार्यमा नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको छ । तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने छ । इभि चौतारीको पहिलो दिन २०७९/०६/०७ गते EV technology & ecosystem को बारेमा छलफल हुनेछ भने दोस्रो दिन ०८ गते Financial Aspects of EV को बारेमा विभिन्न विज्ञहरुले आ-आफ्ना धारणा राख्नेछन् र अन्तिम दिन ०९ गते Policies for Promoting EVs भन्ने बिषयमा छलफल हुने कम्पनीले जनाएको छ ।

यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखी लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरि ज्ञान बाड्ने चौतारी हुने कम्पनीको विश्वाश रहेको छ । कार्यक्रममा उपस्थितिको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सबैलाई सहभागिताको लागि अनुरोध गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी