Skip to content
LAXMI SUNRISE BANK

एनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिजबीच सम्झौता, विभिन्न सेवाहरुमा २० प्रतिशत छुट

अर्थ सरोकार

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

यस सम्झौता मार्फत बैंकको भिषा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ चलाउने ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली मा बैंकको भिषा कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा उपलब्ध विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त हुने बैंकले जनाएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK