×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलको ‘एनसेल भोल्टे’ सेवा संचालनमा, १०० मिनेट भोल्टे टक टाइम बोनस

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनसेलको ‘एनसेल भोल्टे’ सेवा संचालनमा, १०० मिनेट भोल्टे टक टाइम बोनस

Artha Sarokar

२१ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ तीन ब्राण्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन शुरु गरेको छ । एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्नेछन् । दुरसंचार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले उच्च गुणस्तरको हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा थ्रीजी नेटवर्कमा नझरी हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्नेछन् । भोल्टे सेवाको सफलता पुर्वक सफ्ट लन्च सम्पन्न गरि एनसेलले भदौ १६ गते बिहीबार देखि व्यावसायिक रुपमा भोल्टे सेवाको सुरुवात गरेको हो । हालको सुरुवाती चरणमा ग्राहकहरुले सामसङका ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ३३ र ग्यालेक्सी ए ५३, भिभोको वाई ५५, भी २३ र ह्वावेको नोभा ३ आई, वाई ९ प्राइम २०१९ मा यो भोल्टे सेवा सुचारु गरि यसको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

एनसेलको फोरजी सिम अर्थात यूसिम भएका र माथि उल्लेख गरिएका मोबाइल सेट प्रयोग गर्ने ग्राहकहरुले एस्ट्रिक्स १७२०१ ह्यास डायल गरि एनसेल भोल्टे सेवा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । यो सेवा सुचारु गरेसँगै ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट भोल्टे टक टाइम बोनस स्वरुप प्राप्त गर्न योग्य हुन्छन् । प्राप्त बोनस भोल्टे टक टाइम २८ दिनको लागि मान्य रहनेछ । उल्लेखित मोबाइल सेटहरु प्रयोग गर्ने ग्राहकले मोबाइल सफ्टवेयरको पछिल्लो संस्करण भने आफ्नो मोबाइलमा इन्स्टल गरेको हुनुपर्दछ ।

व्यावसायिक रुपमा भोल्टे सेवा संचालनमा ल्याई आफ्ना ग्राहकलाई नयाँ प्रविधिमार्फत यसका लाभ प्रदान गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो सेवा देशभर धेरै भन्दा धेरै ग्राहकमाझ पुर्याउन भोल्टे चल्ने ब्राण्ड र मोबाइल सेटका मोडलहरु थप गर्दै जाने एनसेलले जनाएको छ । एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवाको फाइदा लिन सक्नेछन् । ग्राहकले यो सेवाबाट लाभ लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने हुन्छ र फोरजी नेटवर्कमा रहेको हुनुपर्दछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी