Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकको सन्देशमुलक दशैं भिडियो ‘मामाघर’ सार्वजनिक

अर्थ सरोकार

काठमाडौँ । नेपाल बैंक लिमिटेडले बडा दशैंको अवसरमा सन्देशमुलक दशैं भिडियो ‘मामाघर’ सार्वजनिक गरेको छ । दशैंमा बालबच्चाहरुको मामाघर प्रतिको मोह तथा बालमनोबिज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्बहरुमा दिदिभाई दाजुबहिनीहरुको माया ममता तथा सम्झनालाइ समेत मार्मिक ढंगले प्रस्तुत गरिएको देखाइएको छ ।

करिव ३ मिनेटको उक्त भिडियोमा छोरीको बुद्दिमतापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट संभव भएको छ भने दशैंमा मामाघरमा गई टिका लगाउन पनि छोरी सफल भएको देखिन्छ । सानो हुँदाको दिदि भाईको माया स्नेह बिबाह पश्चात विस्तार कम हुँदै गई दुरी बढ्दै जाने र एकले अर्कोलाई बेवास्ता गर्ने हाम्रो समाजको यथार्थपरक चित्रण गर्दै दिदिभाई तथा दाजुबहिनीको माया सधैं प्रगाढ रहिरहनुपर्ने संदेश समेत भिडियोले दिएको छ । त्यसैगरी डिजिटल बैंकिङ को प्रयोगलाई प्रवर्द्धन गर्ने मनसाय समेत भिडियोमा देखाइएको छ ।

नेपाल बैंक लिमिटेडले आफ्नो आधिकारीक फेश बुक पेज र युटुव मार्फत सो भिडियो सार्वजकि गरेको छ । नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै अगाडि बढिरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK