काठमाडौँ । नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ कारोवार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । मिति २०७९ साल आश्विन १२ गते नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णु प्रसाद सुबेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार दुवै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायत अन्य बैंकिङ कारोवार, विज्ञापन तथा सूचना प्रकाशन सम्बन्धि विषयमा सहकार्य हुनेछ । हस्ताक्षर समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णु प्रसाद सुबेदीले नेपालको पहिलो र गर्विलो इतिहास बोकेको बैंकसंग सहकार्य गर्न पाउदा निकैनै गर्व को अनुभूति भैरहेको धारणा व्यक्त गरेका थिए । उनले आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास समेत व्यक्त गरेका थिए ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालका पुराना र जनताको विश्वासका धरोहर बनिसकेका यी दुइ संस्थाबीच भएको सम्झौताले आफु अत्यन्त हर्षित बनेको धारणा राख्दै गोरखापत्रसंस्थान र त्यहाँं कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई सरल,सहज र प्रतिपस्पर्धि बैंकिङ सेवा प्रदान गर्दै यो सम्बन्धलाइ आगामी दिनमा थप प्रगाढ बनाउदै लैजाने प्रतिबद्दता समेत उनले व्यक्त गरेका थिए । उक्त समारोहमा नेपाल बैंक लिमिटेड र गोरखापत्रसंस्थानका उच्च व्यवस्थापनका पदाधिकारीहरु लगायत अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।
नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको दावी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्