×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको डबल धमाका मुद्दती खातामा पैसा दोब्बर हुन लाग्ने समय अवधि घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल बैंकको डबल धमाका मुद्दती खातामा पैसा दोब्बर हुन लाग्ने समय अवधि घट्यो

Artha Sarokar

२ आश्विन २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बैंक लिमिटेडले ग्राहकको रुची र आवश्यकता अनुसारका नयाँ नयाँ डिपोजिट प्रोडक्टहरु ल्याइरहेको छ । यसै अनुरुप बैंकले हालै मात्र संंचालनमा ल्याएको डबल धमाका मुद्दती खाताहरुमा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी ती खाताहरुलाई थप आकर्षित बनाएको छ ।

नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र ५ वर्ष ९ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ । मुद्दती खातामा न्युनतम पच्चीस हजार भन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । त्यसैगरी यो योजनामा बैंकले ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा पनि उपलब्ध गराउने भएको छ । संघ संस्थाहरुको लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता संस्थागत संचालनमा ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

उक्त खातामा जम्मा गरेको रकम ७ वर्ष २ महिनामा नै दोब्बर हुने बैंकले जनाएको छ । यसमा संस्थाहरुले रु १ लाख भन्दा माथिको रकम जम्मा गर्न सक्नेछन् । बैंकले विदेशमा कार्यरत नेपालीहरुको लागि नेपाल बैंक डबल धमाका मुद्दती खाता रेमिट्यान्स संचालनमा ल्याएको छ । उक्त खातामा विदेशबाट प्राप्त रेमिट्यान्सको रकम जम्मा गर्दा मात्र ५ वर्ष ५ महिना नै सो रकम दोब्बर हुने बैंकले जनाएको छ ।न्यूनतम रु २५ हजार भन्दा माथिको रकम जम्मा गर्न सकिने यी डबल धमाका मुद्दती खाताहरु सिमित अवधिको लागि मात्र संचालनमा ल्याइएको बैंकले जनाएको छ ।

नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी