Skip to content
LAXMI SUNRISE BANK

एनआईबिएल एस क्यापिटलले पायो कोष व्यवस्थापकको अनुमती, विभिन्न कोषहरु संचालन गर्ने उद्देश्य

अर्थ सरोकार

काठमाडौँ । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष नियमावली अन्तर्गत कोष व्यवस्थापकको अनुमती प्राप्त गरेको छ । क्यापिटलले नेपालको पूँजी बजारमा विशिष्टीकृत लगानी कोष अन्तर्गत विभिन्न कोषहरु संचालन गर्ने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डबाट उक्त अनुमति प्राप्त गरेको हो ।

विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ एवम् निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि कोष व्यवस्थापकले कोष दर्ताको प्रकृया अगाडि बढाउने छ र इकाई बिक्री मार्फत रकम संकलन गरी संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्रका कम्पनीहरुका सेयर तथा अन्य वित्तीय उपकरणहरुमा लगानी गर्ने कम्पनीले जनाएको छ । यसरी गरिएको लगानीबाट आर्जित मुनाफालाई इकाई धनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गर्ने उद्देश्य समेत क्यापिटलले राखेको छ ।

कोषले विभिन्न कम्पनीको सेयरमा लगानी गर्ने हुँदा, विषेशगरि साना तथा मझौला व्यवसायहरु तथा नवप्रवर्तनमा आधारित व्यवसायहरुलाई अत्यन्त लाभदायक हुने र समग्र नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न जाने आशा समेत क्यापिटलले राखेको छ । नवप्रवर्तनमा आधारित कम्पनी तथा व्यवसायीहरु नेपालको झन्झटिलो कर्जा प्रक्रिया, धितोको अपर्याप्तता तथा महंगो व्याज आदि कारणले गर्दा आफ्नो व्यवसाय विस्तार गर्न नसकेको अवस्थामा यस अनुमतिले नेपालमा लगानीको नँंया स्रोत स्थापित गरी उद्यमसिलताको प्रवर्द्धन हुने क्यापिटलको विश्वास रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK