काठमाडौँ । एनआईसी एशिया बैंकले दशैंको उपलक्षमा दराज ई-कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ ।
भाद्र २९ गते देखि आश्विन ११ गते सम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा रू.२,००० सम्मको छुट उपलब्ध हुनेछ र क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा रू.२,५०० सम्मको छुट उपलब्ध हुने बैंकले जनाएको छ । चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको जनाएको छ ।
आफ्नो कार्डमा ई-कमर्श भुक्तानी सुविधा नलिएका बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको आइसर्भ मार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई-कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।
हाल बैंकको ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको बैंकले दाबी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्