Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकले ल्यायो नयाँ योजना, मोबाइल बैंकिङ एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकले चाडपर्वको पावन अवसरमा मोबाइल बैंकिङ एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले भदौ १५ गते देखि कार्तिक १५ गते सम्म लागू हुने गरी ल्याएको यस नयाँ योजनामा बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एप प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । सेल्फ हेल्प बैंकिङको अवधारणा अनुरुप एनआईसी एशिया मोबैंक मार्फत नै आन्तरिक रेमिटेन्स देशभर पठाउन सकिने सुविधाबाट बैंकका ग्राहकहरूले सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउने विश्वाश बैंकले लिएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी एशिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् । यसका लागि ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ भित्र रहेको आइरेमिट आइकनमा ट्याप गरे पश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सकिने बैंकले जनाएको छ । यसरी दैनिक अधिकतम रु.२५ हजारसम्म रकम पठाउन सकिनेछ ।

डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहक महानुभावहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिटेन्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका साथै उनिहरूको अमूल्य समयको बचत गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ । हाल बैंकका मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको दाबी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK