काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको शुभारम्भ गरेको छ । यस बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकहरुले भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।
बैंकको वेबसाइट http://www.nicasiabank.com मार्फत अनलाईन बाट खाता खोल्दा ग्राहकहरुलाई केवाइसी विवरण सम्बन्धमा दुइ विकल्प राखिएको छ । जसमा, ग्राहकले आफ्नो केवाइसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्बन्धित बैंक कर्मचारीसँग भिडियो कल गरि उक्त कल मार्फत केवाइसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यदि भि-केवाइसी मार्फत आफ्नो केवाइसी जानकारी सम्बन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्बन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरि भिडियो कल मार्फत आफ्नो केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सकिनेछ वा बैंकिङ समयमा भि-केवाइसी को भिडियो कलको लागि Appointment Book गरि सो समयमा केवाइसी विवरण अद्यावधिक गर्नु पर्नेछ ।
ग्राहकहरुले भि-केवाइसी को लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/Voter Card) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कल मार्फत देखाउनु पर्ने बैंकले जनाएको छ ।
भिडियो केवाइसी मार्फत केवाइसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकहरुले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् । भि-केवाइसी मार्फत आफ्ना विवरणहरु अद्यावधिक गरि बढि भन्दा बढि लाभ ग्रहण गर्न बैंकले समस्त ग्राहकहरुलाई अनुरोध गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्