काठमाडौँ । एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका निमित्त नेपालीहरूको महान चाड दशैं, तिहार, छठ लगायतका पर्वको पावन अवसरमा आफ्ना ग्राहकहरू समक्ष ‘दशैं-तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त हुने बैंकले जनाएको छ ।
आश्विन १ गते देखि कार्तिक १५ गतेसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पिओएस भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा रू. ५०० सम्म छुट प्राप्त गर्न सकिनेछ । सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवम् साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पिओएस तथा मोबाइल बैंकिङ (एनआइसी एशिया मो बैंक) मार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा रू. ३०० सम्म छुट तथा क्यासब्याज उपलब्ध हुने बैंकले जनाएको छ ।
साथै, एनआईसी एशिया बैंकमा खाता नभएका ग्राहकहरूले नेपालभर रहेका भाटभटेनी सुपरमार्केटहरू तथा सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने यस बैंकको स्टलमार्फत खाता खोली तत्काल बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा सुचारु गरी छुट तथा क्यासब्याकको फाइदा उठाउन सक्नेछन् । विभिन्न अनलाईनमार्फत किनमेल गरी ई-कमर्श भुक्तानी गर्दा तथा अन्य विभिन्न शपिङ स्टोरहरूमा किनमेल गरी कार्ड एवं क्युआर भुक्तानी गर्दा समेत आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था रहेको बैंकले जनाएको छ ।
किनमेल गर्न अझ सहज पार्ने उद्देश्य अनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई-कमर्श तथा पिओएस भुक्तानी एवं एनआइसी एशिया मो बैंक प्रयोगकर्ताहरूले क्युआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो । चाडपर्वहरूलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न निम्नलिखित मर्चेन्टहरूमा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको छ ।


आफ्नो कार्डमा ई-कमर्श भुक्तानी सुविधा नलिएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको आइसर्भ एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई-कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सकिने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्