Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया क्यापिटलको ‘एक्सप्रेस डिम्याट सेवा’ संचालन, घरमै पुगेर डिम्याट खाता खोलिदिने

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले सेवाग्राहीहरुको घर/कार्यालयमै गई डिम्याट खाता खोलिदिने अफर सार्वजनिक गरेको छ ।

क्यापिटलले २०७६ साल बैशाख १ गतेदेखि सुरु गरेको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी बनाई अहिलेको व्यस्त समयमा सेवाग्राहीहरुलाई घरदैलोमा नै पुगी डिम्याट सेवा उपलब्ध गराई व्यक्तिको सवल आर्थिक भविष्यका लागि लगानीको महत्व तथा डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै ‘एनआईसी एशिया क्यापिटल एक्सप्रेस डिम्याट सेवा’ को थालनी गरेको हो ।

यो सेवा प्राप्त गर्न कम्पनीको सम्पर्क नम्बर ९८५११२२९९४ मा सोझै कल/वा मिसकल गर्न सकिने कम्पनीले जनाएको छ । यो सेवामा सहभागी हुन कम्तीमा तीनजना व्यक्तिहरुको समूह हुनुपर्नेछ । हाललाई यो सेवा काठमाडौँ उपत्यकाभित्रको लागि मात्र उपलब्ध रहेको क्यापिटलले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK