काठमाडौँ । एनएमबि बैंकले स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवर्द्धन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ ।
बैंकले नेपालीहरुको महान चाड दशैँ र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको छ, जसमा ६० भन्दा बढी स्टलहरु राख्ने जानकारी गराएको छ । एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकहरुको उत्पादनलाई बजारमा प्रवर्द्धन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी यस बजारको आयोजना गर्न लागेको बताएको छ ।
बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक सामान क्युआर/पोस मार्फत सहूलियत मुल्यमा खरिद गर्न सकिने जानकारी गराएको छ । एनएमबि बैंकले यही असोज ८ गते, शनिवारको दिन सानेपा स्थीत हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखी बेलुका ५ बजे सम्म सो बजारको आयोजना गर्ने भएको हो ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको दावी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्