×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको बडा दशैंमा बडा डिजिटल धमाका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनएमबि बैंकको बडा दशैंमा बडा डिजिटल धमाका

Artha Sarokar

११ आश्विन २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्राण्डसँग सहकार्य गरेको जनाएको छ । महान चाडलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरेको बैंकले जनाएको छ ।

एनएमबि बैंकले २०७९, आश्विन १० गतेदेखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।

डेबिट कार्डः एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई-कमर्श/पोसमा कारोवार गर्दा १०% वा रु ३०० सम्म क्यासब्याक पाउन सक्नेछन् ।

क्रेडिट कार्ड: एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई-कमर्श/पोसमा कारोबार गर्दा २०% वा रु. ५०० सम्मको क्यासब्याक पाउन सक्नेछन् ।

eNMB एपः एनएमबि बैंकको ग्राहकहरुले eNMB एपबाट एनटिसी/एनसेल टपअपमा ३% तत्काल क्यासब्याक अफर पाइने कम्पनीले जनाएको छ । साथसाथै, eNMB बाट क्यूआर पेमेन्ट गर्दा १०% वा ने.रु. २०० सम्मको क्यासब्याक पाइने भएको छ ।

एनएमबिका ग्राहकहरूले निम्न छुटहरू, क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।


एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी