×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नोकिया सी२१ प्लस नेपाली बजारमा उपलब्ध, यस्ता छन् विशेषताहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नोकिया सी२१ प्लस नेपाली बजारमा उपलब्ध, यस्ता छन् विशेषताहरु

२१ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडि ग्लोबलले नोकिया प्रिमियम र अति किफायती सी सिरिज अन्तर्गत नयाँ नोकिया सी२१ प्लस सर्वजनिक गरेको छ। मात्र रु. १६,९९९ मा उपलब्द यो स्मार्टफोन, हेर्नलाई राम्रो, बलियो, गुणस्तर र विश्वभर प्रसिद्ध यसको लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश रहेको कम्पनीले जनाएको छ ।

एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइशले भने, ‘उपभोक्ताहरूका लागि गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन हामीले सी-सिरिज निकालेका छौं । उपभोक्ताहरूको समस्यहरुलाई मध्यनजर गर्दै ब्याट्री लाइफ, फोनको स्टोरेज र क्यामेराको गुणस्तरलाई सम्बोधन गर्दै नोकिया सी२१ प्लस डिजाइन गरिएको छ।

एन्ड्रोइड ११ (Go edition™) मा १३ःMP HDR-संचालित डुअल क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीको साथ स्टाइल र टिकाउ मात्र नभई पूर्ण रुपमा हाम्रा ग्राहकहरूको आवश्यकता अनुसार बनाइएको यो स्मार्टफोन हाम्रा फ्यानहरूलाई उपलब्द गराउन पाउँदा म निकै गर्व महसुस गरिरहेको छु।’

स्लिम डिजाइनमा भरपर्दो ब्याट्री

आकर्षक लुक र लामो समय सम्म चल्ने ब्याट्री लाइफ भएको नोकिया सी२१ प्लस 5050 mAh ब्याट्री साइजमा समावेश गरिएको छ । यसले एक चोटी चार्ज गर्दा तीन दिनको ब्याट्री जीवन प्रदान गर्दछ।

बलियो र कडा परीक्षण गरिएको

विश्वको सबैभन्दा बलियो मानिएको नोकियाको सी२१  प्लस गुणस्तरको सन्दर्भमा ढुक्क हुन सकिने कम्पनीले दाबी गरेको छ । यसमा भएको मेटल चेसिस र बलियो गिलास कभर फोहोर, धुलो र पानीका थोपाहरूबाट अतिरिक्त सुरक्षाको लागि क्ष्एछद्द–मूल्याङ्कन गरिएको छ ।

प्रख्यात सुरक्षा

स्मार्टफोनहरूमा प्रायः मानिसहरूको सबैभन्दा निजी जानकारी भण्डारण हुन्छ, साथै यो मनोरञ्जन, बैंकिङ, र महत्त्वपूर्ण सञ्चारको हब पनि मानिन्छ । सी–सिरिजको हिस्सा भएको नोकिया सी२१ प्लसमा प्रयोगकर्ताको सबै कुरा सुरक्षित राख्नको लागि दुई वर्षको त्रैमासिक सुरक्षा अपडेटहरू प्रदान गर्दछ । थप गोपनीयता र सुविधाको लागि, फिंगरप्रिन्ट र एआई फेस अनलक प्रविधिले आझ बढी सुरक्ष्या सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

क्लिन ओएस

नोकिया सी२१ प्लस एन्ड्रोइड ११ (Go edition™), एन्ड्रोइड अपरेटिङ सिस्टमको एक व्यवस्थित संस्करणको साथ आउँदछ जसले दिनभरको ब्याट्री लाइफको सिग्नेचरलाई कायम राख्दै छिटो डाउनलोड गति प्रदान गर्दछ । न्यूनतम प्रीलोडहरूले पनि स्टोरेजमा सम्झौता नगरी यसको अधिकतम लाभ उठाउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

जीवनको उत्कृष्ट पलहरु कैद गर्ने

ज्म्च् प्रविधिको साथ ज्ञघःए डुअल क्यामेराले अविस्मरणीय पलहरूलाई कैद गर्न मद्दत गर्दछ। विभिन्न मोडहरू जस्तै पोर्ट्रेट, पानोरमा र ब्यूटिफिकेशनले देखिने आश्चर्यजनक तस्बिरहरू सिर्जना गर्दछ । ६.५” HD+ डिस्प्लेले अविश्वसनीय परिभाषा र स्पष्ट भिडियो र तस्बिरहरू सुनिश्चित गर्दछ ।

मूल्य र उपलब्धता

३/३२ न्द्य स्टोरेज र अन्य भेरियन्टहरूको साथ डार्क सियान र वार्म ग्रे रंगमा उपलब्ध यो फोन को मूल्य रु. १६,४९९/- रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी