×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिक हस्पिटलमा उपचाररत नरबहादुर बलायरलाई भेट्न पुगे प्रधानमन्त्री शेरबहादुर देउबा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नर्भिक हस्पिटलमा उपचाररत नरबहादुर बलायरलाई भेट्न पुगे प्रधानमन्त्री शेरबहादुर देउबा

२६ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका छन् ।

लामो समयदेखि मृगौलाबाट पीडित भई हाल नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेट्न देउवा हस्पिटल पुगेका हुन् ।  शनिवार ११ः३७ मा नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री देउवाले बलायरको स्वास्थ्य अवस्था र उपचारपछि भइरहेको प्रगति लगायतको विषयमा चासो दिएका थिए ।

करिब ५ मिनेट बलायर र उनका आफन्त तथा उपचारमा संलग्न चिकित्सक टिमसँग कुरा गरी प्रधानमन्त्री देउवा फर्किएका थिए ।  धनगढीका ८१ वर्षीय बलायर दुवै मृगौलामा समस्या भई केही दिन अघिदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी