काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानकालागि ‘दशैं महोत्सव २०७९’ घोषणा गरेको छ । ‘पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै भदौ २३ गतेदेखि असोज १२ गतेसम्मका लागि उक्त महोत्सव आयोजना गरिएको हो’ पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालले बताइन्।
दशैं महोत्सव अन्तर्गत तोकिएको प्रक्रिया पुरा गर्ने राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट हरेक हप्ता टिभी, रेफ्रिजरेटर जस्ता विभिन्न आकर्षक पुरस्कारहरू जित्नुका साथै विविध क्वेस्टहरू पनि जित्न सक्ने हमालले जानकारी दिइन् ।
राइडर, क्याप्टेन र फुडम्यानमा दुई जनालाई लक्की ड्र मार्फत छनौट गरि बम्पर उपहारमा बजाज पल्सर २२० र बजाज डिस्कभर १२५ दिइने हमालले बताएकी छन् । तीन हप्तामा ९ जना र बम्पर उपहारमा २ जना गरि कुल ११ जना विजेता हुनेछन् । पुरस्कारहरू जित्न तोकिएको मापदण्ड पूरा गरि नियमहरूको पूर्ण रूपमा पालना गर्नुपर्ने कम्पनीले जनाएको छ ।
यस्तै, दशैँ महोत्सवको अवधि भरी निःशुल्क राइडरको रूपमा दर्ता हुन पाइने विजेताहरू हरेक हप्ता फेसबुक लाइभबाट घोषणा गरिने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्