×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पठाओको दशैं महोत्सवमा आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई लक्षित गर्दै संचालन गरिएको ‘दशैं महोत्सव २०७९’ अन्तर्गत दुई जनाले लक्की ड्र मार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन् ।

पठाओ राइडर, फुडम्यान र क्याप्टेन सबैका लागि गरिएको बम्पर उपहारमा आदित्य मोक्तानले पल्सर २२० र तारापति बिसीले डिस्कभर १२५ मोटरसाइकल जितेका छन् । मोक्तान र बिसि दुबैजना राइडर हुन् । राइडर, क्याप्टेन र फुडम्यानमध्ये पठाओले लक्की ड्र मार्फत दुई जना छनोट गरेको हो ।

पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै महोत्सव आयोजना गरिएको पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए । उपहार हस्तान्तरण कार्यक्रममा बोल्दै पठाओ राइडर र डेलिभरीम्यानले इएआईमार्फत बजाजको कुनै पनि बाइक किन्दा ६ हजार क्यासब्याक पाउने बजाज नेपालका हेड अफ सेल्स बासु श्रेष्ठले जानकारी दिए ।

भदौ २३ गतेदेखि असोज १२ सम्मका महोत्सव आयोजना गरिएको महोत्सवअन्तर्गत तोकिएको प्रक्रिया पुरा गर्ने ९ जना राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट तीन सातासम्म हरेक हप्ता टिभी, रेफ्रिजरेटर जितेका छन् ।

पहिलो साता राइडर राजु गुरुङ, क्याप्टेन प्रेमबहादुर बराम र फुडम्यान सुकलाल स्याङ्तानले ३२ इन्चको स्मार्ट टेलिभिजन, दोस्रो साताका विजेता राइडर बुद्धवीर तामाङ, क्याप्टेन सुनिलकुमार चौधरी र फुडम्यान सुर्यबहादुर श्रेष्ठले सामसुङको फ्रिज जितेका छन् ।

त्यस्तै तेस्रो साताको विजेता अन्तर्गत ३२ इन्चको स्मार्ट टेलिभिजन राइडर सन्जय श्रेष्ठ, क्याप्टेन सोनाम श्रेष्ठ र फुडम्यान गोविन्द माझीले प्राप्त गरेका छन् । पठाओको दशै महोत्सवअन्तर्गत तीन सातामा ९ जना र बम्पर पुरस्कारमा २ जना गरि कुल ११ जना विजेता बनेका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: