×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने

काठमाडौँ । फोनपेको क्यूआर मार्फत भाटभटेनि सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने भएको छ । फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ्ग गर्न सकिने योजना सञ्चालन गरिएको हो । यस योजना अन्तर्गत फोनपे मार्फत क्यूआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ्ग गर्न सक्नेछन् ।

साथै ३५ दिनमा २० हजार जनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न सक्नेछन् । यो भौचर फोनपे अफर एपमा आउनेछ र विजेता हरेकदिन भाटभटेनीको अफिसियल फेशबुक पेजबाट प्रत्यक्ष प्रसारण मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । यसका साथै आम मानिसलाई सपिङ्ग गर्न सहज होस् भन्ने उद्देश्यले फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेलाई नि:शुल्क भाटभटेनीको झोला प्राप्त हुनेछ । यो योजना कार्तिक १३ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यसैगरी फोनपेले दशैँको अवसरमै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना समेत सञ्चालन गरेको छ । यस योजना अन्तर्गत हरेक दिन फोनपे मार्फत् क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद रु एक लाख जित्न सक्नेछन् । यो योजना ग्राहकहरुका लागि असोज १३ गतेसम्म लागु हुनेछ ।

साथै, क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना कार्तिक १२ गते सम्मका लागि लागु हुनेछ । फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । यसैगरी फोनपे डाइरेक्ट मार्फत् मोबाईल नम्बर राखि कुनैपनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: