×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रियलमीद्वारा चौथो वार्षिकोत्सवको अवसरमा रियलमी फ्यान फेस्टिभल आयोजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रियलमीद्वारा चौथो वार्षिकोत्सवको अवसरमा रियलमी फ्यान फेस्टिभल आयोजना

२३ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा पहिलो पटक ८२८ रियलमी फ्यान फेस्टिभल आयोजना गरेको हो । रियलमीको चौथो वार्षिकोत्सवको अवसरमा भाद्र १२ गतेका दिन हात्तीवन रिसोर्टमा यो कार्यक्रम आयोजना गरिएको थियो ।

रियलमी ८२८ फ्यान फेस्टिभल आयोजना गर्नुको मुख्य उद्देश्य रियलमी फ्यानहरूसँग अझ नजिक हुन र रियलमी परिवारलाई सामाजिक गतिविधिहरू जस्तै पदयात्रा र वातावरणीय सरसफाई अभियानमा संलग्न गराउने कम्पनीले जनाएको हो । ८२८ फ्यान फेस्टिभल रियलमी फ्यान र रियलमी परिवारसँग छोटो पैदल यात्रा र मनोरञ्जनका साथ दिनभर मनाइएको थियो । कार्यक्रममा रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीको र हेनरी साथ रियलमी फ्यान र केही मिडिया व्यक्तित्वहरू सहभागी थिए ।

कार्यक्रमको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड, मुनिष गिरीले भने, ‘यो कार्यक्रम पूर्ण रूपमा रियलमी फ्यानहरूको लागि आयोजना गरिएको हो । रियलमी फ्यानहरूको यस्तो अन्तरक्रियात्मक कार्यक्रममा उपस्थिति हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण छ । हामीलाई आशा छ यस कार्यक्रममा उहाँहरुले रमाइलो गर्नु भयो होला । भविष्यमा पनि हामी यस्तै कार्यक्रमहरू आयोजना गर्ने बाचा गर्दछौं जहाँ हामी हाम्रा ग्राहकहरूको वास्तविक प्रतिक्रिया लिन सक्छौं ।’

यस कार्यक्रमको प्रमुख आकर्षण हाइकिङ, वातावरण सरसफाई र ‘फोटो अफ द डे’प्रतियोगिता रहेको थियो जहाँ समिन श्रेष्ठले फोटो प्रतियोगितामा रियलमी थिम युवा र एकताको विजेताको रूपमा रियलमी सी३० जित्न सफल भएका थिए । यसको साथै ८२८ विभिन्न खेलहरू, गिफ्ट ह्याम्पर प्रदान, प्रशंसापत्र, प्रमाणपत्र तथा सम्पूर्ण रियलमी परिवारसँग मायाको चिनो आदान प्रदान गरि मनाइएको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी