काठमाडौंँ । स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मुल्यको ५जी स्मार्टफोन रियलमी ९आइ ५जि लन्च गरेको छ । यो स्मार्टफोनमा 2.4GHz को गतिमा सञ्चालन हुने अक्टा-कोर सिपियु रहेको छ । यसमा ५जी नेटवर्कको ५जी डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ ।
लन्चको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘हामीले जहिले पनि प्रविधि र नयाँँ आविष्कारलाई सँग-सँगै राखी अगाडि बढिरहेका छौँ । हाम्रो मुख्य उद्देश्य भनेको ५जी लाई धेरै भन्दा धेरै उपभोक्तामा पुर्याउनु हो र यसै सिलसिलामा हामीले ९आइ ५जि नेपाली बजारमा ल्याएका छौँ । हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले यो फोनमा भएको उत्कृष्ट फिचरस र डिजाईनको राम्रो अनुभव लिनुहुनेछ । अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलब्ध गराउने हामीले लक्ष्य लिएका छौँ ।’
उनले भने, ‘५००० mAH को शक्तिशाली ब्याट्रि भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यो सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा एचडी प्राइमरी क्यामरा सहितको ५० एमपिको एआइ ट्रिपल क्यामरा रहेको छ । यसको साथै यसमा भएको डाइनामिक र्याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबी सम्म भर्चुअल र्याम थप्न मिल्छ । साथै यसको कपासिटिभ रिकग्निसन सिस्टम युक्त फास्ट साइड स्क्यानरले मात्र एक प्रेसमा फोन तुरुन्तै अनलक गर्छ ।’
रियलमी ९आइ ५जि भदौ २८ गतेबाट दराज लगायत नेपालभरि रहेका रियलमीका १००० भन्दा बढी स्टोरहरुमा उपलब्ध हुनेछ । रियलमी ९आइ ५जि श्रृंखला मूल्य र बिक्री मितिः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्