उक्त अभियान साथीमार्ट र खल्तीको संयुक्त आयोजनामा भएको साथीमार्टका संस्थापक सिइओ सागर पोखरेलले जानकारी दिएका हुन् । ‘यस अभियान अन्तर्गत ग्राहकले नेपालको जुनसुकै ठाउँमा रहेका साथीमार्टमा गई सपिङ गर्न सक्नेछन् भने अनलाइन मार्फत पनि सेवा लिन सक्नेछन्,’ उनले भने ‘हरेक अनलाइन वा अफलाइन सपिङमा ४० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौँ ।’
यो अभियान अन्तर्गत ग्राहकले मार्टबाट खरिद गर्ने ग्रोसरी, इलेक्ट्रिक सामान, लिक्वेयर लगायत सबैमा लागु हुनुका साथै अनलाइनमा उपलब्ध सामाग्री खरिदमा विशेष छुटको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ । अनलाइन सपिङका लागि ग्राहकले www.saathimart.com मा गएर वा मोबाइल एपबाट सजिलै सपिङ गर्न सक्नेछन् भने अफलाइन सपिङका लागि देशभर ३० भन्दा बढी जिल्ला र ६० भन्दा बढी शहर गरि १०८ वटा स्टोर सञ्चालनमा रहेको साथीमार्टले जनाएको छ ।
ग्राहकले डिजिटल पेमेन्टका लागि खल्ती, एनआइसी एसिया, इ-सेवा, फोन-पे लगायतबाट भुक्तानी गर्दा विभिन्न छुट पाउने व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्