×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिराटनगरको कञ्चनबारीमा साथीमार्टको ११३औं आउटलेटकाे उद्धघाटन

काठमाडौं । रिटेल चेन साथीमार्टको नयाँ आउटलेट बिराटनगरको कञ्चनबारीमा उद्धघाटन गरिएकाे छ । स्नेसनरी व्यापार र सामाजिक कार्यमा सक्रिय बलराम केसीले उक्त आउटलेट सञ्चालनमा ल्याएका हुन् भने उनका १०५ वर्षिया हजुरबुबा कृतिराज गिरीले उद्धघाटन गरेका हुन् ।
कुल एक हजार स्क्वायरफिटमा फैलिएको यो आउटलेट सञ्चालनमा ल्याउनुको मुल उद्देश्य स्मार्ट सपिङ कल्चरलाई व्यवस्थित तरिकाबाट परिचालन गर्नु नै रहेको बलराम बताउँछन् । उनका अनुसार, यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।
साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (www.saathimart.com) मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् । फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट संचालनमा ल्याउने तयारी रहेको बताइएको छ ।
एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको साथीमार्टले जनाएको छ । साथीमार्टले असोज १५ गतेदेखि केही समय फ्रेन्चाइज नदिने भएको छ । साथीमार्टका खुलेका फ्रेन्चाइजलाई अझ व्यवस्थित बनाउन, मार्केटिङ र यसको ब्रान्डिङ गर्ने उद्देश्यले फ्रेन्चाइज नदिने निर्णय गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: