×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड हस्तान्तरण

२१ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एक थान डिजिटल स्क्रोलिङ बोर्ड प्रदान गरेको छ । भदौ १८ गते भएको एक समारोहमा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको उपस्थितिमा बैंकले पोर्टेबल शौचालय र एकथान डिजिटल स्क्रोलिङ बोर्ड पाथीभरा क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेको हो । भक्तजनहरुको ठूलो आस्थाको केन्द्र पाथीभरामा वर्षभरीमा लाखौं भक्तजनहरु आउने गर्दछन् । मन्दिर पुग्नको लागि करिब ५/६ घण्टाको उकालो हिड्नु पर्ने हुन्छ ।

उक्त बाटोमा भक्तजनहरुलाई शौचालयको सुविधा पुर्याउने उद्देश्यका साथ तीन थान शौचालय विभिन्न ठाउँमा राख्ने गरी हस्तान्तरण गरिएको बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले बताएका हुन् । साथै मन्दिर यात्राको क्रममा सामाजिक सुचना दिन सहज होस् भन्ने हतुले डिजिटल स्क्रोलिङ बोर्ड पनि हस्तान्तसण गरिएको छ ।

साथै, भदौ २१ गते बैंकले डिजिटल स्क्रोलिङ बोर्ड पाथीभरा मन्दिर, चारआली, मेचीनगर १३, झापामा समेत उपलब्ध गराएको छ । उक्त कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रोविनकुमार नेपाल र पाउ पाथीभरा उत्तर गंगा पर्यटन प्रर्बन्धन समितिका अध्यक्ष तिलक प्रसाद गिरीले बैंकका पदाधिकारीहरुको उपस्थितिमा डिजिटल स्क्रोलिङ घडीको उद्धघाटन संयुक्त रुपमा गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी