काठमाडौं । सनराइज बैंकले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा युनिफाइड पेमेन्ट इन्टरफेस नेपालसँग अन्तर आवद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रालिसँग सम्झौता गरेको छ ।
मंगलबार सनराइज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सनराइज बैंकका नायब महाप्रबन्धक रवीन नेपाल र गेट वे पेमेन्ट सर्भिस प्रालिका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले सम्झौता पत्र आदानप्रदान गरेका थिए।
सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने यूपीआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीको भनाइ छ । सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले यूपीआईमार्फत सनराइज बैंकमा रहेको बैंक खातामा सोझै रकमान्तर गर्न सक्नेछन् ।
भारतीय पर्यटकले सनराइज बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एपमार्फत क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस सेवाले भारतबाट प्राप्तहुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्