×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकको १५औं वार्षिकउत्सवको अवसरमा साइकल र्याली र रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ । बैंकले १५औं वार्षिकउत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा आश्विन ८ गते शनिवार साइकल र्याली गरेको छ ।

‘स्वच्छ वातावरण स्वस्थ जिवन’ भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम गैरिधारा स्थीत सनराइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौँ र ललितपुरका विभिन्न टोल हुदै पुन प्रधान कार्यालयमै आएर समापन भएको कम्पनीले जनाएको छ ।

३५० जना भन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रमले वातावरण संरक्षण र स्वस्थ रुपमा जीवन बाच्ने सन्देश समेत दिएको थियो । यसैगरी सन्राइज बैंकले आश्विन ९ गते आइतबार रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

विभिन्न सामाजिक तथा अन्य कार्यक्रमहरु गरी आफ्नो १५ औं वार्षिकउत्सव मनाइरहेको सन्राइज बैकले ८ लाख भन्दा बढी ग्राहकहरुलाई १३९ वटा शाखा, ९७ वटा शाखा रहित बैंकिङ, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएमबाट सेवा प्रधान गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: