×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टुकुचा मुद्धामा प्रमाण झिकाउन अदालतको आदेश, बालेनका पक्षमा बलियो बन्दै मुद्धा !

काठमाडौं । काठमाडौं महानगरले टुकुचा खोज्ने अभियान जारी राखेको र खोलामाथिका भौतिक संरचना भत्काउन लागेको भन्दै उच्च अदालतमा परेको रिटमा अदालतले थप प्रमाण झिकाउन आदेश दिएको छ । बुधबार रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले यस्तो आदेश जारी गरेको हो ।

उच्च अदालतका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोला विक्रम थापासहित तीन जनाको रिटमाथि सुनुवाइ गर्दै ‘प्रमाण मिसिल झिकाउने’ आदेश दिएको हो ।

यसअघि रिटमाथि सुनुवाई गर्दै न्यायधिश दिपेन्द्र बहादुर बमको इजलासले टुकुचा मिचेर बनेका संरचना नभत्काउन आदेश जारी गरेको थियो । आदेश जारी गर्दै अदालतले दुवै पक्षलाई आज (असोज ५ गते) छलफलका लागि बोलाएको थियो । सोही अनुसार बुधबार अदालतले रिटमा थप प्रमाण पेश गर्न आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमण गरिएको भन्दै खोला खोज्ने अभियानलाई तिब्रता दिइरहँदा त्यसको बिरोधमा गत साउन ३१ गते उच्च अदालतमा रिट दर्ता भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: