काठमाडौँ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको आठौँ दिन धापासीनिवासी भुजेन्द्र सरु मगरले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रिएफआई स्कुटर खरिद गर्दा १०० प्रतिशत क्यासब्याक पाउन सफल भएका छन् ।
स्याङ्जाको मनकामना-१ निवासी इमबहादुर गुरुङले बुटवलको बालाजी अटोमोबाइल्सबाट एन्टर्क १२५ एफआई स्कुटर नकिन्दै रु.४ हजार र किनेपछि रु. १ लाख गरी रु. १ लाख ४ हजार हात पार्दै आफ्नो भाग्यको कायापलट गरेका छन् ।
यसका साथै ललितपुरनिवासी असनकुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क १२५ एफआई स्कुटर नकिन्दै रु. २५ हजार र किनेपछि रु. १ हजार गरी रु. २६ हजार हात पार्न सफल भएका छन् । यो योजनाबारे सोधपुछ गर्ने ८ जना ग्राहकले रियलमी सी३० स्मार्टफोन जितेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । ‘कायापलट’ योजना अन्तर्गत नकिन्दै रु. १ लाख र खरिद गरेपछि रु. १० लाखसम्म जित्ने मौका रहेको छ । हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्टफोन प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यसका साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु. ५० लाखको नगद पुरस्कार उपलब्ध गरिने कम्पनीले जनाएको छ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश गरिएको कम्पनीले जनाएको छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा रु. ४ हजारको मासिक ईएमआईमा बाइक तथा स्कुटर किन्न सकिनेछ।
यो योजना देशभर सीमित अवधिका लागि उपलब्ध हुनेछ र विजेताहरुको घोषणा प्रत्येक मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ। जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो ।
कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल भएको दावी गरेको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित भएको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्