×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिभिएसको नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

टिभिएसको नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक

Artha Sarokar

४ आश्विन २०७९, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा TVS SMARTXONNECTTM  कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।

यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिला नयाँ भोइस-असिस्ट फिचर युक्त SMARTXONNECTTM कनेक्टिभिटी प्ल्याट्फर्म सहितको लन्चसँगै स्कुटर उध्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको कम्पनीले दाबी गरेको छ । यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश गरिएको छ ।

१२५ सिसि सेग्मेन्टमा १० PS भन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो  डाइनामिक्स र कम्बुस्चनले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो रहेको कम्पनीले जनाएको छ ।

उक्त अवसरमा टिभिएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने, ‘नेपाल सधैं हाम्रो लागि प्रमुख बजार भएको छ र यसले ग्राहकहरूका लागि हाम्रा प्रस्तावहरू ल्याउनपाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । TVS NTORQ 125 Race XP नेपालमा लन्च गर्न पाउँदाहामी अत्यन्तै हर्षित छौँ । भर्खरै लन्च गरिएको TVS NTORQ 125 Race XP यस खण्डमा उच्च शक्ति, फर्स्ट-इन-सेगमेन्ट डुअल राइड मोडहरू, उच्च टप स्पीड र उत्कृष्ट एक्सेलेरेशन प्रदान गर्दछ । स्कुटरले उत्कृष्ट कार्यसम्पादनको प्रतिवद्धता मात्रै गर्दैन तर उत्कृष्ट श्रेणीको कनेक्टिभिटी र सवारी साधनका विशेषताहरू सहितको सेगमेन्ट-फर्स्ट १०.२ पीएस पावरले भरिएको छ जसले नेपालमा ग्राहकको आनन्दको हाम्रो दर्शनलाई थप जोड दिनेछ ।’

लन्चमा बोल्दै जगदम्बा मोटर्सका म्यानेजिंग डाईरेक्टर साहिल अग्रवालले भने, ‘ TVS NTORQ 125 Race XPनेपालमै गेम चेन्जिङ स्कुटर हुन सक्छ । हामीले पहिला पनि यसको लोकप्रियता देखिसकेका छौँ र अहिलेको नयाँ पुस्ताको राइडरहरु बिच, यो चर्चाको विषय हुनेछ भन्ने हामीलाई विश्वास छ ।’

टेक्नोलोजी

यसको नयाँ विशेषता भनेको यसमा भएको ब्लुटुथ इनेबल्ड TVS SMARTXONNECTTM हो जसलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत कनेक्ट गर्न सकिन्छ । स्कुटरमा भएको भोइस असिस्ट फिचरले राइडरको न्याभिगेसन लन्च गर्ने, मोड चेन्ज गर्ने लगायत १५ छुट्टा छुट्टै भोइस कमान्डहरु लिन्छ । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा-गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्नेछन् ।

त्यस्तै अपडेटेड र रिफ्रेस्ड UI / UX एवम राइड मोड बेस्ड लाइभ ड्यासबोर्ड युक्त टिभिएस कनेक्ट एपले राइडरहरुलाई एउटा नयाँ राइडिङ अनुभव प्रदान गर्छ । त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइन्छ । साथै, स्कुटरमा नियमित आवतजावत गरीरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको कम्पनीले जनाएको छ ।

पर्फर्मेन्स

स्कुटरमा भएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन (RT–Fi) ईन्जिन ले ५५०० RP टर्क प्रदान गर्दछ । त्यस्तै यसमा एक स्विचमै रेस मोड अथवा स्ट्रिट मोड छान्न सक्ने सुविधा पनि राइडरहरुले पाउनेछन् । रेस मोडमा हाइवेमा स्कुटरको स्पिड भने ९८ किमि प्रतिघण्टासम्म बढाउन मिल्छ भने स्ट्रिट मोड शहरको ट्राफिकमा उपयुक्त हुन्छ । स्ट्रिट मोड एक्टिभेट गरेपछि माइलेज बढ्नुका साथै राइडिङ स्मुथ हुने कम्पनीले जनाएको  छ ।

स्टाइल

हेर्दा चिटिक्क परेको यो स्कुटरमा अरुको भन्दा भिन्नै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलइडि टेल ल्याम्प राखिएको छ र नाम अनुसार यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स् पनि रहेको छ । साथै स्पोर्टि रेड व्हीलस्ले यो स्कुटरलाई झनै स्टाइलिश देखाएको छ । ट्राइ-टोन कलर रिम सहित उपलब्ध यो स्कुटरको मुल्य ३,०५,९०० रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी