Skip to content
LAXMI SUNRISE BANK

युनाइटेड सिमेन्ट्सद्वारा धुनेबेसी वडा कार्यालयलाई कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण

अर्थ सरोकार

काठमाडौँ । युनाइटेड सिमेन्ट्सले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण गरेको छ । कम्पनीले धुनेबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेशिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको हो ।

भदौ २२ गते हस्तान्तरण समारोहमा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बिगतका दिनहरुमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरीहार्य क्षेत्रमा समाजलाई हरेक तरहले सहयोग गर्दै आएको कुरा बताएका थिए । उनले त्यसै वडा कार्यालयको रहोबरमा परिचालन हुने गरी केहि वर्ष पहिले एम्बुलेन्स पनि हस्तान्तरण गरेको तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति युनाइटेड सिमेन्ट्सले जग्गा पनि उपलब्ध गराएको कुरा जानकारी गराएका थिए ।

कार्यक्रममा वडा अध्यक्ष माधव सिलवालले युनाइटेड सिमेन्ट्सको यो कार्य एकदमै प्रसंशनिय रहेको कुरा बताए । एउटा घरमा यदि महिलाले सिप जानेकी छिन् भने, उनले सम्पूर्ण घरलाईनै आर्थिक तथा सामाजिक रुपमा व्यवस्थित गर्न सक्छिन । कसैलाई सिप सिकाउन सहयोग गर्नु भनेकोनै उसलाई दिगो आर्थिक विकास तथा स्तरउन्नतिको बाटो तर्फ लम्कन सिकाउनु हो भन्ने सबैको मान्यता रहेको कुरा सिलवालले व्यक्त  गरेका थिए ।

ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुंगा खानी तथा धादिङमा रहेको उद्योगबाट युनाइटेड सिमेन्ट्सले बिगत ७ वर्ष देखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको दाबी गरेको छ । युनाइटेड सिमेन्ट्सले बहन गर्नुपर्ने संस्थागत सामाजिक उतरदायित्व यथासक्दो बहन गरेको अनि आउने दिनहरुमा पनि समाजको तथा स्थानियवासीको हितमा हुने विभिन्न क्रियाकलाप गर्दै जाने प्रतिवद्धता कम्पनीले जायर गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK