×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई३५ र वाई २२ सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई३५ र वाई २२ सार्वजनिक

३१ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू : वाई३५ र वाई२२ सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप अनुभव प्रदान गर्नेछन् । स्टाइलिस तथा आकर्षक भिभोको नयाँ स्मार्टफोन वाई३५ र वाई२२ पनि युवाहरूको रोजाइमा पर्ने उत्कृष्ट स्मार्टफोन हुनेछन् ।

नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सीईओ माइकलले भने, ‘हाम्रो प्रसिद्ध वाई सिरिजका साथ भिभोले नेपाली युवाहरूको आवश्यकतालाई निरन्तरता पूरा गर्दै आइरहेको छ । यसको उत्कृष्ट विशेषताहरु र उचित मूल्य निर्धारणको कारण प्रयोगकर्ताहरुले वाई श्रृंखलालाई मन पराएका छन् । हामीले भिभो वाई३५ र वाई२२ नेपालमा उपलब्ध गराएका छौं जसमा उत्कृष्ट र आकर्षक प्रविधिहरू समावेश छन् । हालै सार्वजनिक भएका यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छन्, र यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषताहरुका साथ असाधारण अनुभव प्रदान गर्दछ ।’

स्टाइल र प्रविधिको उत्कृष्ट संयोजनको रूपमा भिभो वाई३५ ले उद्योगमा आकर्षक विशेषताहरु प्रदान गर्दछ । यसले प्रयोगकर्ताहरूलाई थप सहज र निर्बाध अनुभवको लागि विस्तारित र्याम ३.० अर्थात ८ जीवी र्याममा थप ८जीवी सम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा दिन्छ, र एउटा एपबाट अर्कोमा बिना कुनै झन्झट सहजै स्विच गर्न सकिने कम्पनीले जनाएको छ । यसमा ५००० एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यो स्मार्टफोनले शक्तिशाली कार्यसम्पादन सुनिश्चित गर्दछ ।

भिभो वाई २२ ले प्रयोगकर्ताहरूलाई आकर्षक विशेषताहरुको साथ अर्को उत्कृष्ट विकल्प प्रदान गर्दछ । वाई२२ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको छ जसले शक्तिशाली र स्मुद कार्यसम्पादन प्रतिज्ञा गर्दछ । यो स्मार्टफोन १८ वाट फास्ट चार्जको साथमा शक्तिशाली ५००० एमएएच ब्याट्रीद्वारा संचालित छ । वाई२२ मा ५०एमपी रियर क्यामेरा छ जसबाट स्पष्ट, आश्चर्यजनक र ब्राइट तस्बिरहरू लिन सकिन्छ । वाई२२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न क्यामेरा विशेषताहरू पनि उपलब्ध छन् । भिडियो फेस ब्यूटी फिचरले सेल्फी वा भिडियोलाई अझ आकर्षक बनाउँछ । त्यस्तै मल्टि स्टाइल पोट्र्रेटले धेरै पोट्र्रेट स्टाइलहरु समावेश गर्ने कम्पनीले जनाएको छ ।

दुबै वाई३५ र वाई२२, वाई सिरिजका नयाँ स्मार्टफोनहरू हुन् जुन मिनिमलिस्ट स्टाइलका छन् र एजी सर्फेशका कारण होल्ड गर्न सहज छन् । २.५डी कर्भेचरको साथमा फ्ल्याट फ्रेम डिजाइनले गर्दा स्मार्टफोनमा सुन्दरता थप्छ । यसका साथै, दुवै उपकरणहरूमा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर छ । वाई३५ (८जीवी प्लस १२८जीवी) दुई ट्रेन्डी कलर भेरियन्ट-एगेट ब्ल्याक र डन गोल्ड कलरमा रु ३०,९९९ मा उपलब्ध छ । त्यस्तै ४जीवी र्याम र ६४जीवी रोम भएको वाई२२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा रु २२,९९९ मा उपलब्ध छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी