×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँ लक्षित वर्ल्डलिंकको ‘फेसटिभीटी’ अफर सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दशैँ लक्षित वर्ल्डलिंकको ‘फेसटिभीटी’ अफर सार्वजनिक

२४ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले दशैँ पर्वलाई लक्षित गरी ‘वर्ल्डलिंक फेसटिभीटी’ अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक/फरक आकर्षक प्याकेजहरु प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार पहिलो प्याकेज ‘फस्ट अफर’ अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० एमबीपीएस इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् । ‘२ राउटर्स प्याकेज अन्तर्गत १ हजार ५० रुपैयाँमा प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले नोकिया बेकन १.१ मेस राउटर, डुवल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै अटुट कनेक्सन सहितको २०० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सक्नेछन् ।

सबै भन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने ‘स्मार्ट अफर’ अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) नोकिया बेकन १.१ मेस राउटर, २०० एमबीपीएसको इन्टरनेट सेवा साथमा सम्पूर्ण प्रकारका आवश्यकताहरुलाई मध्यनजर गर्दै, सेट टप बक्सको साथमा मासिक नेटटीभी मात्र १५० रुपैयाँमा प्राप्त गर्नेछन् ।

यो अफर १ वर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरुमा उपलब्ध हुनेछ । साथै उपलब्ध हुने सबै स्पिडहरुमा, सम्पूर्ण ग्राहकहरुका लागि (नयाँ तथा हालका) लागु हुने कम्पनीको भनाइ छ।

नेटटीभी फेसटीभीटी अफर

दशैं पर्वलाई लक्षित गरी सेवा प्रदायक नेटटीभीले पनि ‘नेटटीभी फेसटीभीटी’ अफर ल्याएको छ । यो अफरमा नेटटीभीले टीभी र नेटटीभी सब्सक्रिसनको बन्डल अफर सुपथ मूल्यमा बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

यो अफर अन्तर्गत नेटटीभीको सेट टप बक्स र एक वर्षको सदस्यताको साथमा उपभोक्ताले यासुदाको ३२ इन्चको वाईएस-३२एनडब्लुएन मोडल एलईडी टीभी वा ४३ इन्चको वाईएस-३२एनडब्लुएस मोडलको बेजेल-लेस स्मार्ट टीभी खरिद गर्ने सक्नेछन् ।

कम्पनीका अनुसार ३२ इन्चको टीभीको नेटटीभी सेट टप बक्स र एक वर्षे प्लानको मूल्य भ्याटसहित १४ हजार ९९९ रुपैयाँ रहेको र ४३ इन्च टीभीको नेटटीभी सेट टप बक्स र एक वर्षे प्लानको मूल्य भ्याटसहित २९ हजार २९९ रुपैयाँ रहेको छ । दुवै प्लान मा सेट टप बक्सको डिपोजिट ५०० रुपैयाँ लाग्नेछ ।

नेटटीभी स्ट्रिम्‍जप्लस जस्तो मनोरञ्जन प्रविधि क्षेत्रको नौलो सेवा नेपालमै पहिलो पटक ल्याएर नेटटीभी नेपालको पहिलो गुगल सर्टिफाइड् एन्ड्रोइड टीभी अपरेटर बन्न सफल भएको कम्पनीको भनाइ छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी