×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूको चाडवाड लक्षित २५% सम्मको नगद फिर्ता योजना सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंक अफ काठमाण्डूको चाडवाड लक्षित २५% सम्मको नगद फिर्ता योजना सार्वजनिक

Artha Sarokar

१ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५% सम्मको नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

उक्त नगद फिर्ता योजना कार्तिक १ गते मंगलबारबाट कार्तिक ६ गते आइतबारसम्म मात्र रहने बैंकले जनाएको छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकहरुले मात्र नगदफिर्ता पाउनेछन् ।

उक्त नगदफिर्ता योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले नगद फिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५% वा रु. १५० सम्मको नगदफिर्ता पाउने बैंकले जनाएको छ । बैंकले यस योजनाबाट समग्र विधुतिय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ ।

विद्मुतिय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहकवहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी