×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, १ दिन कैद र २ लाख जरिवाना

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, १ दिन कैद र २ लाख जरिवाना

Artha Sarokar

२७ आश्विन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कास्की जिल्ला साबिक सिल्दुजुरे गा.वि.स ०८ परिवर्तित मादी गाउँपालिका वडा नं. ०७ घर भई हाल चन्द्रागिरी नगरपालिका ०८ थानकोट बस्ने ५८ वर्षीय नारायण भण्डारी सो कसुरमा पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनले भण्डारीमाथि मिति २०७९/०३/२१ गते बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम १ दिन कैद, २ लाख जरिवाना र ८ हजार क्षेतिपुर्ति सुनाएको थियो ।

उनलाई अपराध अनुसन्धान विभागबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०६/२७ गते काठमाडौँ महानगरपालिका वडा नं. १६ बालाजुबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितिपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी