काठमाडौँ । नेपाल बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट (बीफिन) र फिलिपिन्सको मनिलास्थित कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) बीच सम्झौता भएको छ । मंगलबार मनिलामा सीपीएसीले आयोजना गरेको एक समारोहबीच दुई पक्ष रणनीतिक सम्झौतामा प्रवेश गरेका हुन् ।
सम्झौतमा बीफिनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेय र सीपीएससीका महानिर्देशक प्राध्यापक जी.एल.डी. विक्रमासिंघेले हस्ताक्षर गरेका थिए । उक्त सम्झौताको उद्देश्य दुबै संस्थाको कार्यक्षेत्रभित्र पर्ने विविध संस्थाका कर्मचारीको क्षमता विकासको क्षेत्रमा मिलेर काम गर्नु रहेको छ । यस सहकार्यले कैयौँ सदस्य देशमा मानव संसाधन विकासमा मद्दत मिल्ने डा. आत्रेयले बताएका थिए ।
दुबै संगठनको पारस्परिक हित तथा रुचीको क्षेत्रमा तालिमको आयोजना गरिने र नेपालमा अन्तरराष्ट्रिय तालिम कार्यक्रमको आयोजना गर्ने प्रस्ताव पनि उनले गरेका छन् । यस सहकार्यप्रति प्राध्यापक विक्रमासिंघेले आफ्नो खुसी व्यक्त गरेका थिए । मनिलामा कार्यक्रमहरु सञ्चालन गर्न आफूले सहायता गर्ने पनि उनले आश्वस्त पारेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्