काठमाडौँ । चाडपर्वको अवसरमा खल्तिले आफ्ना प्रयोगकर्ताहरूका लागि खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्न सक्ने अफर ल्याएको छ । खल्ती मार्फत बस टिकट खरिद गर्ने प्रयोगकर्ता मध्ये दुई भाग्यशाली बिजेताले स्मार्टफोन जित्न सक्नेछन् । यो अफर असोज २७ देखि कार्तिक २६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।
यस अघि पनि भाद्र १९ गतेदेखि असोज १८ गतेसम्म दशैंको समयमा खल्ती मार्फत बस टिकट खरिद गर्ने दुई भाग्यशाली बिजेताले स्मार्टफोन प्राप्त गरेका थिए । यो अफर चाडपर्वको समयमा बस टिकट खरिद गर्ने प्रक्रियालाई सहज बनाउन साथै डिजिटल भुक्तानी प्रति प्रोत्साहित गर्ने उद्देश्यले संचालन गरिएको थियो भने यो अफर पुनः असोज २७ गतेदेखि कार्तिक २६ गतेसम्म थप गरिएको छ ।
अफरमा सहभागी हुन भने खल्ती अकाउन्टको केवाईसी भेरिफाईड हुन जरूरी छ । खल्ती अकाउन्ट केवाईसी भेरिफाईड नभएको खण्डमा पनि प्रयोगकर्ताले सम्पूर्ण विवरण भरि सजिलै भेरिफाई गर्न सक्नेछन् । खल्तीमा हाल २५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ६० हजार भन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभरको परिवारमा वृद्धि गरेको छ ।
उक्त अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भन, ‘नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ प्रतिको उत्साह र उमंगलाई मध्यनजर गर्दै हामीले डिजिटल भुक्तानी मार्फत् हाम्रा प्रयोगकर्ताको चाडपर्वमा बस टिकट काट्ने प्रक्रिया सरल र सहज बनाउन यो अफर ल्याएका हौं ।’
सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्