×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको १६औं वार्षिक साधारणसभाद्वारा ९ प्रतिशत नगद लाभाशं पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्स बैंकको १६औं वार्षिक साधारणसभाद्वारा ९ प्रतिशत नगद लाभाशं पारित

४ कार्तिक २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा कार्तिक ४ गते, शुक्रबार, अमृतभोग, कालिका स्थान, डिल्लीबजार, काठमाडौँमा सम्पन्न भएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एन.एफ.आर.एस बमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत (Consolidated) वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।

साधारणसभाबाट आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्तापुँजी रु. १४,२००,९७४,००६।- को ९ प्रतिशतका दरले हुन आउने रु. १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो । योसँगै सिटिजन्स बैंक गत आर्थिक वर्षको लाभांश पारित गर्ने पहिलो बैंक बनेको हो ।

साथै, साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरेपश्चात साबिक पूँजी संरचना ५१स्४९ परिबर्तन भई कायम भएको पूँजी संरचना ५१.०७:४८.९३ (संस्थापक शेयरधनिहरुले धारण गरेको जम्मा सेयर: साधारण सेयरधनीहरुले धारण गरेको जम्मा सेयर) बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताब समेत साधारणसभाले पारित गरेको छ ।

सभाका अध्यक्ष तथा सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कार्यबाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्दै जाने विश्वास व्यक्त गरे ।

यसैगरी, संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयलाई बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जानेतर्फ पनि बैंक प्रतिबद्ध रहेको बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी