काठमाडौँ । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री-गार्डहरु उपलब्ध गराएको छ ।
सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले उक्त ट्री-गार्डहरुको हस्तान्तरण पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापालाई गरेका थिए । सिभिल बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षारोपणको सुरक्षाको लागि पशुपति विकास कोषलाई प्रदान गरिएको ट्री-गार्डहरुको मूल्य करिब रू ८ लाख रहेको छ ।
सिभिल बैंकले यस अघि पनि पशुपति क्षेत्रको पार्किंङ क्षेत्रमा ३०० वटा ट्री-गार्डहरु सहितको बिरुवाहरु लगाई सो बिरुवाहरुलाई राम्ररी हुर्काउन पाँच वर्ष सम्म लाग्ने सम्पूर्ण खर्चहरु समेत बहन गर्दै आइरहेको जनाएको छ ।
उक्त कार्यक्रममा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझी, चिफ डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादुर विष्ट, संस्थागत निक्षेपका निर्मला कँडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायत पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रबिन्दु पशुपति क्षेत्रको सुन्दरता बढाउनका लागि सानै भएपनि टेवा पुर्याउन पाउँदा आफुलाई खुशी लागेको कुरा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्