×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रसिया पठाइदिन्छु भन्दै रकम ठगि गर्ने महिला पक्राउ, ४० लाख रकम ठगेको आरोप !

PRIME CA
GLOBAL IME BANK

रसिया पठाइदिन्छु भन्दै रकम ठगि गर्ने महिला पक्राउ, ४० लाख रकम ठगेको आरोप !

१ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । रसिया पठाइदिन्छु भन्दै रकम ठगि गर्ने एक महिला पक्राउ परेकी छन् । दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. १ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. २९ घट्टेकुलो बस्ने ४८ वर्षीय तुलसा भण्डारी सो कसुरमा पक्राउ परेकी हुन् ।

भण्डारीले वर्किङ्ग भिसामा रसिया लगायतका देशमा रोजगारीका लागि पठाइदिने भन्दै प्रलोभनमा पारी विवेक ज्ञवालीसँग ४० लाख रकम ठगि गरी सम्पर्कविहिन भएको प्रहरी जनाएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीटोलीले भण्डारीलाई असोज ३१ गते सोमबार काठमाडौँको घट्टेकुलोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि  वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाईएको प्रहरी जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: