काठमाडौँ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुधौली नगरपालिकाकी मञ्जु विश्वकर्माले नगद एक लाख जितेकी छन् । अव डिशहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।
साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । यसै क्रममा दुधौली नगरपालिका ११ की निवासी मञ्जु विश्वकर्माले रु एक लाख जितेकी हुन् ।
हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको कटारी नगरपालिका १ बेल्सोत उदयपुर का सह-बितरक कृष्ण मोबाइल एण्ड गिफ्ट सेन्टरका डिलर दाई कृष्ण देवकोटाकोमा एक वर्ष रिचार्ज गरेर मञ्जुले लक्कि ड्रमा सहभागी हुने अवसर पाएकी हुन् । डिशहोमको तर्फबाट सेल्स अफिसर विजय राज पन्थी, हिकोला मिडिया सेन्टरका प्रोप्राईटर प्रशान्त चौधरीले संयुक्त रुपमा पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।
विजेता मञ्जु विश्वकर्मालाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ । लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्