काठमाडौँ । कोरिया र इजरायलमा कृषि प्रशीक्षार्थी पठाउने कुनै योजना नरहेको नेपाल उद्योग वाणिज्य महासंघले स्पष्ट पारेको छ ।
उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र मार्फत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशीक्षार्थी पठाउने भन्ने सम्बन्धमा विभिन्न संचार माध्यम एवम् सामाजिक संजालमा आएका सूचना एवम् समाचार सत्य नभएको महासंघ जनाएको छ ।
‘दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा महासंघले कुनै पनि निर्णय नगरेको समेत सबैमा जानकारी गराउन चाहन्छौँ ।’ महासंघले भनेको छ ।
यसरी प्रशिक्षार्थी पठाउनेबारे महासंघले आफ्ना कुनै पनि सदस्यहरूलाई आग्रह नगरेको एवम् प्रशिक्षार्थी पठाउने कुनै पनि कार्यक्रम नरहेकोले सोही अनुसार सूचना प्रवाह गर्न महासंघले आफ्ना सम्पूर्ण सदस्यहरूलाई विज्ञप्ति मार्फत सूचित गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्