×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुडविल फाइनान्सको नाफामा भीषण पहिरो, ईपीएस १३ रुपैयाँ ८५ पैसाले घट्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गुडविल फाइनान्सको नाफामा भीषण पहिरो, ईपीएस १३ रुपैयाँ ८५ पैसाले घट्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

Artha Sarokar

१४ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गुडविल फाइनान्स लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा गएको छ । फाइनान्सले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणका आधारमा गत आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा र प्रतिसेयर आम्दानी दुवै घटेको हो ।

पहिलो त्रैमासमा फाइनान्सको खुद नाफा ४६.०३ प्रतिशतले घटेको छ । अर्थात, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सले ३ करोड ८४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । फाइनान्सको इम्पेरमेन्ट चार्ज र खुद फि कमिशन आम्दानीमा गिरावट आएका कारण नाफा घटेको हो ।

फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ५.०२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३८.३३ प्रतिशत घटेको छ । इम्पेरमेन्ट चार्ज १ करोड ७३ लाख रुपैयाँबाट बढेर ४ करोड ७० लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा ४४.३६ प्रतिशत घटेको छ ।

त्यस्तै, यो अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ ८५ पैसा घटेर १६ रुपैयाँ २४ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात २७.४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ८३ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी