×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्यापु मार्केटप्लेसलाई बिजी होल्डिङले अक्वायर गर्यो, सुजनी केसी डेपुटी सिइओमा नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्यापु मार्केटप्लेसलाई बिजी होल्डिङले अक्वायर गर्यो, सुजनी केसी डेपुटी सिइओमा नियुक्त

२४ आश्विन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लकडाउनदेखि सुरु भएको नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले अक्वायर गरेको छ । ग्यापुले अहिले नेपाल भरि नै सामान डेलिभरी गर्दै आएको छ । ग्यापुले घरायसी सामाग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामाग्री देशैभरि डेलिभर गरिरहेको छ ।

वर्न इन लकडाउन रेज इन लकडाउन स्लोगन रहेको ग्यापु मार्केटप्लेसले अहिले दैनिक ७ सयभन्दा बढी अर्डरहरु नेपालभर पुर्याइरहेको छ । ग्यापुलाई बिजी होल्डिङले अक्वायर गरेसँगै ग्यापुका संस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्काले आफ्नो पद छोडेका छन् । साथै बिजी होल्डिङले ग्यापुका अपरेसन हेड सुजनी केसीलाई डेपुटी सिइओको रुपमा नियुक्त गरेको छ ।

ग्यापुले अहिले दशैंलाई लक्षित गर्दै विभिन्न सामान किन्दा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।  यो योजना अन्तर्गत ग्राहकहरुले घरायसी सामाग्री, कपडा, सौन्दर्य सामाग्री, बालबालिकाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा भारी छुट पाउने कम्पनीले जनाएको छ ।

ग्राहकले सामान खरिद गर्दा फोन पे, आइएमइ पे, कनेक्ट आइपिएस, इ-सेवा, प्रभु पे र जुनसुकै बैंकको मोबाइल बैकिङबाट पनि ‘क्यु आर’ कोडमार्फत भुक्तानी गर्न सक्नेछन् । त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधा समेत उपलब्ध रहेको ग्यापुले जनाएको छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।

हाल ग्यापुमा हजारबढी भेन्डर र चार लाख बढी प्रोडक्ट उपलब्ध छन् । स्थापनाको छोटो समयमै वेबसाईट र मोबाइल एपमार्फत ३ हजार पाँच सयभन्दा बढी भेन्डर्स र २ लाख १५ हजार भन्दा बढी ग्राहक दर्ता भइ सेवा लिइरहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी