Skip to content
LAXMI SUNRISE BANK

आईएमई लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज बुधबार २६ गते काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको हो ।

उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । जीबन बीमा कम्पनीको चुक्ता पूँजी रु. ५ अर्व पुर्याउनुपर्ने प्रावधान बमोजिम पूँजी वृद्धिका लागि संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको सेयर पूँजी थप गर्ने, सेयर पूँजी थप भए पश्चात् सर्वसाधारणका लागि छुट्याइएको सेयर निश्कासन गर्ने एजेन्डा समेत पारित भएको छ ।

साथै, कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले आवश्यकता अनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने सम्बन्धी प्रस्तावहरु उपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्म्तिबाट पारित भएको छ ।

सभामा बोल्दै सभाका सभापति डा. अर्यालले बीमितको आवश्यकता अनुसारको विविध बीमा योजनाहरुको उपलब्धता, प्रतिस्पर्धात्मक बजार एवम् नियमाकीय प्रयासहरुका कारण तथा वित्तिय साक्षरतामा वृद्धि गर्ने नेपाल सरकारको प्रयास लगायत विभिन्न बैंक, वित्तिय संस्थाहरु, बीमा कम्पनीहरु एवम् अन्य संघ संस्थाहरुको प्रयासका कारण बीमा बजारको भविष्य अझ राम्रो र सुनिश्चित हुदै गएको बताए ।

साथै, कम्पनीले सर्वसाधारणमा बीमाको पहुँच बढाउने लक्ष्य लिएर दुर्गम स्थानमा समेत सर्वसाधारणहरुलाई सुविधा पुर्याउने क्रममा सातै प्रदेशमा शाखा संजाल विस्तार गरी हाल १४० शाखा तथा उपशाखाहरु मार्फत सेवा उपलब्ध गराइरहेको बताएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK