Skip to content
LAXMI SUNRISE BANK

खल्तीद्वारा मेट लाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक पाइने

अर्थ सरोकार

काठमाडौँ । ‘खल्ती’ ले मेट लाईफ इन्स्योरेन्सको बीमा प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरुका लागि अफर उपलब्ध गराएको छ । यस अफर अनुसार प्रयोगकर्ताहरुले रू.१००० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै दुई भाग्यशाली बिजेताले अक्टोबर देखि डिसेम्बर २०२२ सम्म, प्रत्येक महिना, स्मार्टब्याण्ड पनि प्राप्त गर्नेछन् । यो अफर डिसेम्बर ३१, २०२२ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताले प्रिमियम भुक्तानीको लागि तोकिएको मिति भन्दा ठ दिन भित्र भुक्तानी गर्नुपर्ने हुन्छ। साथै, खल्ती मार्फत आउने क्यास्ब्याक प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्नेछन् । मेट लाईफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छ :

● ‘खल्ती’ एप लग-इन गरि ‘इन्स्योरेन्स’ आइकन मा ट्याप गर्ने
● ‘मेट लाईफ इन्स्योरेन्स’ सेलेक्ट गर्ने
● ‘Policy number’ र ‘DOB’ भर्ने
● अब सम्पुर्ण विवरण दाखिला गरि ‘प्रोसिड टु पे’ मा क्लिक गर्ने

यस बाहेक पनि मेट लाईफ इन्स्योरेन्स बिमा गरेको ग्राहकले मेट लाईफ इन्स्योरेन्स साईटमा गएर सम्पूर्ण विवरण दाखिला गरे पश्चात पेमेन्ट अप्सनको रूपमा खल्ती छनौट गरि भुक्तानी गर्न सक्नेछन् । उक्त सुविधा बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ । धेरै बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्म मार्फत आफ्नो प्रिमियम तिर्न रुचाउने भएकाले भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो ।’

साथै, रु.५००० माथिको प्रिमियम भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट केवाईसी भेरिफाईड नभएको खण्डमा प्रयोगकर्ताले सम्पूर्ण विवरण भरि सजिलै भेरिफाई गर्न सक्ने कम्पनीले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK